पशुपतिनाथमा नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख प्रदर्शन
फाइल तस्बिर

पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख आज प्रदर्शन गरिएको छ । पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष मङ्सिर कृष्ण पक्षको त्रयोदशीका दिन पशुपतिनाथमा बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने चलनअनुसार आज बिहान ८ बजेदेखि एक दिनका लागि प्रदर्शन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

उनका अनुसार मङ्सिर कृष्ण पक्षको औँसीका दिन आज भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनेर देखाउने परम्परा छ । यस वर्ष त्रयोदशीका दिन गत आइतबार नागरिकका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । 

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्खलाई आज भण्डारको तेस्रो तलामा राख्नुअघि बिहान १० बजेअगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी देखाइएको कार्यकारी निर्देशक डा. खतिवडाले बताए ।

‘बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख हरेक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ,’ उनले भने । 





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार ११:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया