सरकार माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ : मुख्यसचिव अर्याल
फाइल तस्बिर

नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले आगामी माघदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट निर्माणको कामलाई सरकारले अघि बढाउने बताएका हुन् ।

मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रम र संघीयता कार्यान्वयनका लागि आवश्यक सुझाव सरकार दिन पनि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई आग्रह गरे । उनले १६औँ योजनाको दस्तावेजलाई पूरा गर्ने कामलाई पनि सरकारले अघि बढाएको पनि बताए ।

मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रमबारे सुझाव दिँदा कारण खुलाएर दिन सम्बन्धित क्षेत्रका विज्ञहरूको ध्यानाकर्षण गराए ।

 ‘माघदेखि हामी नयाँ बजेटको तयारीमा लाग्छौँ । सरकारको नयाँ नीति तथा कार्यक्रम आउँछ । र, सरकारले अहिले तयार गर्दै गरेको १६औँ योजनाको दस्तावेजलाई पूरा गर्ने योजना पनि भएको छ । १६औँ योजनाका लागि सुझावहरू दिने काम गरियो भने त्यसलाई राष्ट्रिय योजना आयोगले समेट्ने छ,’ अर्यालले भने, ‘हामीलाई नीति तथा कार्यक्रममा र अर्थ मन्त्रालयलाई बजेटमा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई संघीयता कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन सकिन्छ ।’  

उनले संघीयतासम्बन्धी कानुन निर्माणको काममा सरकार लागे पनि सोचेअनुसार काम हुन नसकेको स्वीकार गरे ।  
 





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार १४:३४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया