नेपाल बैंकका तत्कालीन शाखा प्रबन्धक कोइराला भ्रष्टाचारी ठहर

नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बिहीबार उनीमाथिको कसुर ठहर गरेको हो।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार कोइरालाको मुद्दामा कसुर ठहर भएको र सजाय निर्धारणका लागि पुस ११ मा इजलासमा पेस गर्ने आदेश भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोपसहित कोइरालाविरुद्ध ०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो।

कोइरालाले बैंकिङ सिस्टमअन्तर्गत टेलर आइडी र सिस्टम सुपर युजर दुरुपयोग गरी ५४ लाख ८४ हजार ४५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सो रकमबारबरको बिगो कायम गरी रकम असुलको माग दाबी गरेको थियो। 



अदालतले पुस ११ मा बिगो र जेल सजायको निर्धारण गर्ने भएको छ । 



  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार २२:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया