logo-img

प्रभास अभिनित ‘सलार’ मा मेनुकाले गाएको गीत सार्वजनिक

भारतीय अभिनेता प्रभासको मुख्य भूमिका रहेको चलचित्र ‘सलार’ मा नेपाली गायिका मेनुका पौडेलको स्वर रहेको गीत सार्वजनिक भएको छ। 

बुधबार हम्बले फिल्म्स युट्युब च्यानलमार्फत ‘सुरज हि छाहो बन्के’ बोलको गीत सार्वजनिक गरिएको हो । मेनुकाले केही दिनअघि इण्डियन आइडलको मञ्चमा यस फिल्ममा गीत गाएको जानकारी दिएकी थिइन् ।

यस गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । जसमा प्रभास र पृथ्वीराज सुकुमारनलाई प्रस्तुत गरिएको छ । रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन् ।

‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ । 

‘सलार’ २२ डिसेम्बरदेखि प्रदर्शन हुनेछ ।   





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार ७:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया