थमन बिक हत्या प्रकरणमा एमाले सांसद कोइरीले पाए सफाइ, लोसपाका प्रदेश सांसद शर्मालाई जन्मकैद

सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले कोइरीसँगै पवन कापरलाई सफाइ दिने आदेश सुनाएको हो ।

महोत्तरी जिल्ला अदालतले बिकको हत्या मुद्दामा लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले त्यस्तो आदेश सुनाएको हो । 

न्यायाधीश भट्टराईको इजलासले प्रदेश सांसद शर्मासँगै प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैद सजाय सुनाएको छ । फरार रहेका प्रतिवादीहरुको हकमा मुल्तवी गरिएको छ । यो प्रकरणमा १९ जना फरार छन् । 

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार १८:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया