logo-img

नयाँ बानेश्वरमा ई-डीयू ब्रिज कन्सल्टेन्सी सञ्चालनमा

काठमाडौंको नयाँ बानेश्वरमा ई–डीयू ब्रिज कन्सल्टेन्सी सञ्चालनमा आएको छ । अध्ययनका लागि विदेशमा जान चाहने विद्यार्थीलाई करियर काउन्सिलिङ गर्ने उद्देश्यले ई–डीयू ब्रिज कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको हो । 

संस्थाका एमडी भोजराज शाहले विद्यार्थीलाई सही बाटोमा निर्देशित गर्न तथा उनीहरूको भविष्य थप सुन्दर बनाउने उद्देश्यका साथ कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको बताए ।  

‘आगामी दिनमा विद्यार्थीलाई कुनै अन्योल नहोस् भन्ने हाम्रो उद्देश्य छ । विद्यार्थीले सही करिअर रोजून् । हामी एक अभिभावकको भूमिका निर्वाह गर्नेछौँ,’ उनले भने ।  

एमडी शाहले बानेश्वर पुतलीसडकपछि ठूलो कलेज र स्कुल रहेका क्षेत्र भएकाले यहाँ ई–डीयू ब्रिज कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको पनि बताए । उनका अनुसार ई–डीयू ब्रिजमा परामर्श प्रदानसहित विदेश जानका निम्ति गरिने इएलट्स, पीटीई, लोकसेवा, शिक्षा आयोगलगायतको तयारी कक्षा पनि प्रदान गरिनेछ ।   

पिपुल चोइस एजुकेसनद्वारा सञ्चालित ई–डीयू ब्रिज सन् २००८  मा स्थापित कन्सल्टेन्सी हो । उसले संयुक्त राज्य अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया, बंगलादेश, भारतलगायत देशमा अध्ययन गर्न खोज्ने विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।



यस कन्सल्टेन्सीको परामर्शदाताको अनुभवी टोलीले विद्यार्थीसँग उनीहरूको प्रोफाइल, शैक्षिक योग्यता र वित्तीय बजेटको आधारमा सही पाठ्यक्रम र संस्था पत्ता लगाउन पनि सहयोग गर्ने गरेको छ । यसले विद्यार्थीलाई सही कार्यक्रम र विश्वविद्यालय छनोट गर्न, आवेदन प्रक्रिया, भिसा आवश्यकतालगायत काम गर्न मद्दत पुग्ने गरेको छ ।

ई–डीयू ब्रिज माधव शाह, विनोद दाहाल, सम्झना पोखरेल शाह र उमा खनालको अगुवाइमा स्थापित कन्सल्टेन्सी हो ।  



  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार २१:३६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया