युवाकेन्द्रित कार्यक्रम नल्याए पहाडी क्षेत्र रित्तिने खतरा छ : प्रदीप ज्ञवाली
फाइल तस्बिर

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताएका छन् ।

शुक्रबार महाकाली–मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यात्राका क्रममा आफूहरूले युवा केन्द्रित कार्यक्रम ल्याउन नसके केही समयभित्रै गाउँहरू रित्तिने र शिक्षा र स्वास्थ्यमा झनै ठूलो संकट पैदा हुने अवस्था मध्यपहाडी यात्राका क्रममा अनुभव भएको बताए ।

उनले गाउँ वस्तीहरू बिस्तारै युवाविहीन अवस्थामा पुगेको भन्दै उनले जलवायु परिवर्तनका असरले पनि गाउँमा धेरै ठूलो क्षति परेको बताए । ​ज्ञवालीले राजधानीमा बसेर सत्ताको भागबन्डा छोडेर जनतामा आउन र जनताका समस्या समाधान गर्न पनि आग्रह गरे ।

उनले परिवर्तनपछि पनि जनतामा ठूलो पीडा यथावत् रहेको भन्दै सबै राजनीतिक दलहरूले जनताको अवस्था परिवर्तनका लागि स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए । 

उनले यात्राले नेकपा एमालेलाई जनतामा जोडिन र जनताका समस्या समाधानका लागि आवश्यक कदम चाल्ने कुरामा सहयोग पुगेको बताए । उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगको ठूलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।    
 





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार २२:४९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया