logo-img

एनएसएल : वीरगंज युनाटेड र पोखरा थण्डर्स तथा एफसी चितवन र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा

नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुईओटा खेल हुँदैछ । पहिलो खेलमा वीरगंज युनाटेड र पोखरा थण्डर्सतथा दास्रोमाएफसी चितवन र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुनेछ । वीरगंज युनाटेड र पोखरा थण्डर्सबीचको पहिलो खेलत्रिपुरश्वरस्थित दशरथ रंगशालमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

आजको खेल शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि दुवैटोलीका लागि महत्पूर्ण हुनेछ । पोखरा ५ खेलबाट ८ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । आजको खेल जितेमा पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्नेछ ।

अघिल्लो खेलमा इलामलाई हराएर पहिलो जित निकालेको वीरगं युनाइटेडका लागि प्लेअफ पुग्ने हो भने आजको खेल जित्नैपर्नेछ ।  पराजित भएमा वीरगंजको प्लेअफ यात्रा कठिन बन्नेछ ।

यस्तै आजको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालमा साँझ ५ बजेदेखि सुरु हुनेछ ।

६ वटा खेल खेलेको चितवन पाँच अंकसहित सातौँ स्थानमा छ  । ६ वटै खेल खेलेको  इलाम ४ अंकसहित तालिकाको पुछारमा छ । प्लेअफ पुग्ने सम्भावना कायम राख्न चितवनलाई आज जित्नुको विकल्प छैन । चितवनले प्लेअफ पुग्नका लागि अब बाँकी दुई खेल जितेर मात्र पनि निश्चित छैन ।

चितवनलाई अन्य टोलीको नतिजाले पनि प्रभाव पार्ने छ। आज पराजित हुने टोली औपचारिक रुपमै प्लेअफ होडबाट बाहिरिनेछ ।
 





  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार ११:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया