राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्दै, के छन् एजेन्डा ?
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदैछ । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बिहान ९ बजे बैठक सुरु हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयीक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफलको एजेन्डा पेस गर्नेछन् । 

बैठकमा महासचिवले सांगठनिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने श्रेष्ठले जानकारी दिए । यसअघि पार्टीले चलाएको अभियानको समिक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रम तय गर्ने राप्रपाले जनाएको छ । बैठक मंगलबारसम्म चल्नेछ ।  





  • प्रकाशित मिति : पुस १, २०८० आइतबार ८:४९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया