डब्लूएचओ भन्छ– सुर्तीजन्य पदार्थबाट वर्षमा ८७ लाख मानिसको मृत्यु

धूमपान गर्नाले प्रत्येक वर्ष फोक्सोको क्यान्सर, मुटुरोगलगायतबाट लाखौँ मानिस मरिरहेका छन् । तर, पनि मानिस यसको सेवन भने गर्न छाडेका छैनन् ।  

धूमपान छाड्दा मस्तिष्कको तन्तुलाई हुने थप क्षतिबाट जोगाउन सकिन्छ । तर मस्तिष्क पुरानै आकारमा फर्किँदैन भन्ने एक अध्ययनले देखाएको छ । वाशिङ्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन प्रतिष्ठित जर्नल बायोलोजिकल साइकियाट्री–ग्लोबल ओपन साइन्समा प्रकाशित भएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार धूमपानले मस्तिष्कको बुढ्यौली प्रक्रियालाई गति दिन्छ । धूमपान र मस्तिष्कको मात्रा बीचको सम्बन्धमा प्रत्येक दिनको धूमपानको मात्रामा निर्भर गर्दछ । एक व्यक्तिले दिनमा जति धेरै धूमपान गर्छ, उसको दिमागको आकार सानो हुँदै जान्छ ।

अध्ययनमा संलग्न वरिष्ठ अनुसन्धानकर्ता प्रोफेसर लौरा बेरुतका अनुसार यसअघिका वैज्ञानिकहरूले धूमपानले मस्तिष्कमा पार्ने असरलाई बेवास्ता गरेका थिए । उनीहरूले मुख्यतया फोक्सो र मुटुमा यसको प्रभावको अध्ययन गरिरहेका थिए । 

‘मस्तिष्कलाई अझ नजिकबाट हेर्न थालेपछि यो स्पष्ट भयो कि धूमपान मस्तिष्कको लागि पनि हानिकारक छ,’ वैज्ञानिकले भनेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ८७ लाख मानिसको मृत्युको लागि सुर्तीजन्य पदार्थ जिम्मेवार छ । यसको मतलब प्रत्येक चार सेकेन्डमा एक जनाको मृत्यु हुन्छ । 



यसबाट उत्पन्न हुने धुवाँको सिकार हुनेमा नचाहेर पनि १३ लाख मानिस छन् ।  



  • प्रकाशित मिति : पुस १, २०८० आइतबार १०:१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया