logo-img

टिपरलाई ‘ओभरटेक’ गर्न खोज्दा तनहुँमा बस दुर्घटना : १८ जना घाइते
फाइल तस्बिर

मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । 

ग२ख १४५९ नम्बरको बसले टिपरलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

घाइते हुनेमा तनहुँ भानु नगरपालिका–१ साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका–३ चाम्बासका २१ वर्षीया सबिता सुनार,  १९ वर्षीया सबिना सुनार, मोरङ कटेरी गाउँपालिका– का ३० वर्षीय प्रदीप गोदार छन् । 



त्यस्तै, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९ हिलेखर्कका ४० वर्षाीय सुरन राई, व्यास नगरपालिका–२ का ३४ वर्षीया पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका–१ का ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका–२ का २१ वर्षीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् । 

साथै भानु नगरपालिका–१ साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीय नवीन थापा, १२ वर्षीय दुर्गा थापा, सात वर्षीय नविना थापा, व्यास नगरपालिका–२ डाङग्रे खोल्सीकी ४० वर्षीया दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९ हिलेखर्कका ५० वर्षीया सुमित्रा राई, व्यास नगरपालिका–११ मूलपानीकी ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णिमा भट्टराई रहेकी छन् ।    

घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस १, २०८० आइतबार ११:४२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया