logo-img

जनकपुरधाममा विवाहपञ्चमी महोत्सव : राम-जानकीको स्वयम्वर हेर्न दर्शनार्थीको घुइँचो [तस्बिरहरू]

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज राम–जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ । यसका लागि जानकी मन्दिरको प्राङ्गण सजाइएको छ । विवाहपूर्व आज जानकी मन्दिरबाट निस्किने माता सीताको डोला अर्थात् बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात् बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुने गर्दछ । 

रङ भूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि लाखौँको संख्यामा उपस्थित तीर्थालुको बीच मिथिला परम्पराअनुसार स्वयम्वर कार्यक्रमको आयोजना हुने गर्दछ । सो स्वयम्वर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएको तीर्थालुको उल्लेख्य संख्यामा उपस्थिति हुने गर्दछ । 

स्वयम्वर कार्यक्रमको समापन भएपश्चात रङभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्तरूपमा निस्कने शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्राङ्गण पुग्ने गर्दछ । जानकी मन्दिरकै  प्राङ्गणमा भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधु सन्तको उपस्थितिमा भगवान राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ । 

मिथिलाको विधि विधानअनुसार अबेर रातिसम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्राङ्गणमा हजारौंको संख्यामा तीर्थालुको उपस्थिति रहने गर्दछ । पछिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीहरूको संख्या उल्लेख्य मात्रामा वृद्धि हुने विश्वास गरिएको छ । रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीको घुइँचो लागेको छ । 

तस्बिर विवाहपञ्चमी महोत्सवको रौनक :



 

 



 

 

  • प्रकाशित मिति : पुस १, २०८० आइतबार १४:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया