logo-img

मौसम विभागको अनुरोध : तापक्रम घट्दो क्रममा छ, सतर्कता अपनाउनू
फाइल तस्बिर

जल तथा मौसम विज्ञान विभागले, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । आज बिहान लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।  

तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

हिमपात तथा देशभरको तापक्रम घट्नेक्रममा रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध पनि गरेको छ ।
 





  • प्रकाशित मिति : पुस २, २०८० साेमबार ७:११:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया