logo-img

प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो आर्सनल

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्राइटनलाई २–० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । 

आइतबार नै लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि आर्सनल कम्तिमा १ साता शीर्ष स्थानमा रहनेछ । तालिकामा आर्सनलको १७ खेलबाट ३९ अंक भएको छ भने लिभरपुलको ३८ अंक भएको छ । 

यसैगरी तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि ३८ अंक छ । समान खेलबाट म्याचनेस्टर सिटी ३४ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ ।

आइतबार रातिको खेलमा आर्सनललाई २–० ले जिताउँदा ग्याब्रिएल जेससले ५३औं मिनेटमा गोल गर्दा केइ हार्भाटेजले ८७ औं मिनेटमा गोल गरे । 

यस्तै, एस्टन भिल्लाले ब्रेन्टफोर्डमाथि २–१ गोलको जित निकालेको छ । एस्टनका लागि एलेक्जेन्ड लोपेरा र ओले वाटिकन्सले एक/एक गोल गर्दा व्रेन्टफोर्डका लागि कन लेविस पोटरे सुरुमै गरेको गोल भने खेल सकिँदा सान्त्वनामा परिणत भयो । 

एस्टन ३८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । एस्टनका वेन मी ७१ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए भने दोस्रो हाफको अतिरिक्त समयमा एस्टनका बुबाकर कमारा पनि रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य बने ।



यस्तै, लिभर पुल र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले । दुवै टिमले अंक बाँड्दा लिभरपुलले शीर्ष स्थानमै फर्कने अवसर गुमाएको छ । लिभपुरल दोस्रो स्थानमा छ भने म्यानचेस्टर युनाइटेड सातौं स्थानमा छ । 

यसैगरी अर्को खेलमा वेस्टह्यामले वुल्भरह्याम्पटनमाथि ३–० को एकतर्फी जित निकालेको छ । वेस्टह्याम आठौं स्थानमा उक्लिएको छ भने वुल्भ्स १३ औं स्थानमा छ ।



  • प्रकाशित मिति : पुस २, २०८० साेमबार ९:१३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया