logo-img

उपत्यकाको फोहोर र खानेपानी समस्याको दीर्घकालीन समाधान मेरै नेतृत्वमा हुन्छ  : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले गम्भीर पहल गरिरहेको बताएका छन् । 

सोमबार ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले फोहोरको दिर्घकालिन समाधानका लागि पहल गरिरहेको बताएका हुन् । 

‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ,’ उनले भने,  ‘यसका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक छ ।’ 

उनले विकास निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं संवर्द्धनका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रशंसा गरे । प्रधानमन्त्री प्रचण्डले स्थानीय तहहरूको विकास निर्माणका सहयोग गर्न सरकार तयार रहेको बताए । 

यसअघि कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा संघ सरकारलेसहजीकरण गरिदिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।  





  • प्रकाशित मिति : पुस २, २०८० साेमबार ११:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया