logo-img

चेल्सी इएफएल कपको सेमिफाइनलमा

चेल्सीले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । मंगलबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो । जसमा चेल्सीका कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कु र मिखाइलो मुड्रिच चारै जनाले गोल गरे ।

न्यूक्यासल युनाइटेडका कलुम विल्सन र ब्रुनो गुइमारेसको मात्र प्रहार गोलमा परिणत हुँदा काइरन ट्रिपएर र माट रिट्चेको प्रहार विफल भएको थियो । त्यसअघि निर्धारित समयको १६ औं मिनेटमा न्युक्यासलका कलुम विल्सनले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा चेल्सीले बराबरी गरेको थियो । चेल्सीका मुड्रिचले गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । अन्ततः टाइब्रेकरमा चेल्सी ४–२ गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।

यसैगरी मिडल्सवर्गले सहज जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । उसले पोर्टो भालेलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
यसैगरी फुलह्याले एभर्टनलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍याे । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फुलह्ययाम ७–६ ले विजयी भयो ।
 






  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार ८:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया