लिभरपुल इएफएल कपको सेमिफाइनलमा
फाइल तस्बिर

इंग्लिस क्लब लिभरपुलले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । गएराति अर्को इंग्लिस क्लब वेस्टह्याम युनाइटेडलाई ५–१ गोल अन्तरले हराउँदै उसले सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

लिभरपुल सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम चारमा पुग्ने सबै टिमको टुंगो लागेको छ । यसअघि चेल्सी, फुलह्याम र मिडिल्सवर्गले सेमिफाइनलमा स्थान बनाएका थिए ।

बुधबार राति वेस्टह्यामविरुद्ध लिभरपुललाई जित दिलाउन कुर्टिस जोन्सले २ गोल गर्दा डोमोनिक, म्याथेस गाकपो र मोहमद सलाहले एक एक गोल गरेका थिए ।वेस्टह्यामका जारोड बोविनले एक गोल फर्काए । 

२८ औं मिनेटमा डोमोनिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको लिभरपुलले दोस्रो हाफमा ४ गोल थप्दा १ गोल ब्यहोरेको थियो ।

५६ औं मिनेटमा कुर्टिसले गोल गर्दै अग्रता दोब्बर बनाए । गाकपोले ७१ औं मिनेटमा गोल गरेपछि लिभरपुल ३–० ले अघि बढेको थियो ।

७७ औं मिनेटमा वेस्टह्यामा जारोडले गोल फर्काउँदै अन्तर ३–१ बनाएका थिए । यसैगरी मोहमद सलाहले ८२ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ ले अघि बढेको थियो ।
८४ औं मिनेटमा कुर्टिसले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए । अब इएफएल कपको सेमिफाइनल खेलको पहिलो लेग ९ जनवरी र दोस्रो लेग २३ जनवरीमा हुनेछ । 



सेमिफाइनलमा चेल्सी र मिडिल्सवर्ग तथा लिभरपुल र फुलह्यामले खेल्नेछन् । 



  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार ८:१५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया