मन्त्री किरातीलाई बर्खास्त गर्न राप्रपाकाे माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार दिएको अभिव्यक्तिले एउटा धर्मलाई मात्र प्रोत्साहन गरेको भन्दै आपत्ति जनाएको छ। साे पार्टीले किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ ।

मन्त्री किरातीले बुधबार एक कार्यक्रममा क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । मन्त्रीकाे उक्त भनाइले एउटा धर्मलाई प्रोत्साहन भएको, सनातन धर्म र अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने राप्रपाकाे जिकिर छ । 

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले मन्त्रीको भनाइ गैरसंवैधानिक, सामाजिक सद्भाव विथोल्ने, असहिष्णु र विभाजनकारी भएको भन्दै तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग माग गरे । 





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार १९:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया