राष्ट्र बैंकले माग्यो विभिन्न पदमा कर्मचारी [सूचनासहित]

नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्मका ६७ जनाको लागि दरखास्त आह्वान गरेको हो।

राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जनाका लागि दरखास्त आह्वान गरेको छ।

सहायक द्वितीय श्रेणी अन्तर्गत कानुनतर्फ ४ जना र सूचना प्रविधितर्फ ११ जना कर्मचारी माग गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले राष्ट्रबैंकको अनलाइनमार्फत पुस २६ भित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।  





  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार ७:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया