logo-img

विद्युत् महसुलको बक्यौता नबुझाउने थप पाँच उद्योगको लाइन काटियो

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता नबुझाउने थप पाँच उद्योगको लाइन काटेको छ । प्राधिकरणले आज सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर सिमेन्ट, अशोक स्टिल र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको हो ।

प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै ५० करोडभन्दा बढी बक्यौता तिर्न बाँकी उद्योगहरूको लाइन काटिरहेको छ । शुक्रबार मात्रै यस्ता चार उद्योगको लाइन काटिएको थियो । 

प्राधिकरणले शुक्रबार डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो ।

प्राधिकरणका अनुसार ६१ वटा कम्पनीले ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिएर बक्यौता तिरेका छैनन् । सावाँ २० अर्बमा ब्याज र जरिवाना पाँच अर्ब रुपैयाँ गरी उद्योगले २५ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ ।





  • प्रकाशित मिति : पुस ८, २०८० आइतबार २२:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया