logo-img

प्रो क्लब च्याम्पियनसिप : एपीएफले दियो भारतीय क्लबलाई चुनौतीपूर्ण लक्ष्य

वीरगञ्जमा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० प्रतियोगितामा नेपाल एपीएफ क्लबले भारतको वान्डर्स क्लब नोयडालाई १ सय ४५ रनको लक्ष्य दिएको छ । नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रन बनायो ।  

उसका लागि कप्तान प्रदीप ऐरीले २४, हरिशंकर साहले २३, सन्दीप जोराले २०, आसिफ शेखले १९ र सुमित महर्जनले ११ रन बनाए । अविजित रहेका लोकेश बलमे १९ र अमर सिंह रौटेलाले १७ रन जोडे । 

वान्डर्स क्लबका लागि अल्पित गुप्ताले दुई, हर्षित सेठ्टी, सञ्जीव चतुर्वेदी र रित्तिक वत्सले एक–एक विकेट लिए । जारी प्रतियोगितामा एपीएफले दुई खेल खेल्दा एकमा जित र एक खेलमा हार बेहोरेको छ ।

ऊ २ अंकसहित तालिकाको चौथो स्थानमा छ । यस्तै, दुई खेलमा लगातार हार बेहोरेको वान्डर्स क्लब पुछारमा रहेको छ ।    





  • प्रकाशित मिति : पुस ९, २०८० साेमबार ११:४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया