विप्लव भन्छन्– सरकारको दोहोरो चरित्र सह्य हुँदैन

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारको दोहोरो चरित्र सह्य नहुने बताएका छन् । उनले आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामको बारेमा छलफल सुरु भएको बताए ।

चन्दलाई अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ । उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए ।

‘सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरू देखिएका छन्, त्यो चल्दैन,’ चन्दले भने । 

उनका अनुसार समाजवादी मोर्चाको बैठक पुनः आज साँझ ६ बजे बालुवाटारमा बस्नेछ । 





  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार १२:४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया