मन्त्री मात्रै फेरेर हुँदैन, प्रधानमन्त्री नै फेर्नुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरू मात्रै फेरेर नहुने प्रधानमन्त्री नै परिवर्तन गर्नुपर्ने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले प्रचण्ड नेतृत्वको सरकार तत्काल परिवर्तन गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

प्रधानमन्त्री आफैँले काम गर्न नसकेको बताउन थालेको उललेख गर्दै कोइरालाले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरूको रिपोर्ट कार्ड माग्नुभएको छ । म प्रधानमन्त्रीजीको रिर्पोट कार्ड माग्छु ।’

दण्डहीनता र भ्रष्टाचार अन्त्य गराउन प्रधानमन्त्री असफल भएको आरोप लगाउँदै उनले धार्मिक, सांस्कृतिक, राजनीति रुपमा चारैतिर अराजकता फैलिएको बताए । 

कोइरालाले भने, ‘यो सरकार परिवर्तन गर्नुपर्ने नै भएको छ । कांग्रेसको नेतृत्वमा सरकार आयो भने जनतालाई भरोसा दिलाउन सकिन्छ ।’ गणतन्त्र, संघीयता र समावेशितामाथि नै आक्रमण भएको भन्दै उनले यो आक्रमण गणतन्त्र, संघीयताप्रति नभई सबै दलको नेतृत्वप्रतिको आक्रमण, निराशा, आक्रोश भएको उनले बताए । 

एनसेललगायत काण्ड सामसुम बनाउन खोजिएको उल्लेख गर्दै उनले भने, ‘नयाँ नयाँ काण्ड आउँछन् । अगाडि बढ्दै जाँदा सामसुम हुन्छ । माथिल्लो माथिल्लो व्यक्तिमा आएपछि लुक्छ । एनसेलको अवस्था पनि यही छ ।’

नेता, कर्मचारी र व्यापारी नमिली ठूला भष्ट्रचार हुन नसक्ने ठोकुवा गर्दै कोइरालाले मूल सफा नभएसम्म सबैतिर सफा नहुने बताए । 





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार २०:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया