वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार हुँदैन : योगेश भट्टराई
फाइल तस्बिर

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम पब्लिक कम्पनी मोडलमा नगएसम्म सुधार नहुने दाबी गरेका छन् ।  

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले वायुसेवा निगम अहिलेको स्ट्रक्चरमा सञ्चालन भइरहे अबको १० वर्षमा हिमाल सिमेन्टको जस्तो हालत हुने बताए ।

उनले निगमले जतिवटा नयाँ जहाज खरिद गरेर सञ्चालनमा ल्याए पनि अहिलेको मोडल परिवर्तन नगरेसम्म सुधार नहुने बताए । भट्टराईले निगमलाई निजी नभइ नेपाल टेलिकमको मोडलमा लैजान आफू मन्त्री भएको बेला काम थालेको बताए ।

उनले नेपाल एयरलाइन्सले २२ अर्ब नाफा कमायो भनेर नक्कली डाटा सार्वजनिक गरेको बताए । भट्टराईले २२ अर्ब नाफा गराउने अध्यक्षलाई सबैले माला लगाएर सम्मान गर्न आवश्यक रहेको बताए ।  

उनले २२ अर्ब नाफा भए निगमले ५० अर्बको ऋणमा २२ अर्ब घटाउन आग्रह । भट्टराईले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु) को कालोसूचीमा राख्नु ईयुको आफ्नै स्वार्थ रहेको बताए । 

उनले हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु) को कालोसूचीमा राख्नु एउटा मात्रै नभएर राजनीतिक तथा विश्व ध्रुवीकरण लगायत कारण रहेको बताए ।   





  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार १७:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया