त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छ : मन्त्री किराती
फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

उनले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा धेरै असहजता निम्तिने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउँदा पनि अब समयको माग अनुरूपको परिणाम दिन नसक्ने उनको भनाइ छ । मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको बताए । 

उनले पोखरा, निजगढ, भैरहवा र काठमाडौंको विमानस्थललाई पीपीपी मोडलमा लानेगरी प्रक्रिया अगाडि बढाएको पनि बताए । मन्त्री किरातीले अहिले विमानस्थल घाम तापेर बस्नु परेको बताए । त्यस्तै, दुर्गम क्षेत्रमा रहेका २२ वटा विमानस्थल पनि गौरचणको रूपमा परिणत भएको उनले बताए । 

मन्त्री किरातीले युरोपियन युनियनले नेपाललाई कालोसूचीमा राख्नका कारण १२ बुँदामा लेखेर पठाएको भन्दै सो बुँदा सच्याएमा कालोसूचीबाट हटाउने बताए । 





  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार १८:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया