logo-img

कांग्रेसका मन्त्रीहरूको काम हेरेर प्रतिरक्षा गर्न सक्ने अवस्था छैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस नौ महिनादेखि सरकारमा रहे पनि मन्त्रीहरूले जनताको बीचमा लैजाने गरी कुनै पनि काम गर्न नसकेको आरोप लगाएका छन् । 

केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा बोल्दै नेता पौडेलले सरकारले उपलब्धिमूलक काम गर्न नसकेको र कांग्रेसकै मन्त्रीहरुले पनि उल्लेख्य परिणाम दिन नसकेको बताए 

कांग्रेसका मन्त्रीहरुले राम्रो कार्यसम्पादन नगरेकाले मन्त्रीहरूको डिफेन्स गर्ने अवस्था नरहेको उनको भनाइ थियो । नेतृत्वका कारण कांग्रेस प्रतिरक्षात्मक मात्र हुनुपर्ने अवस्था बनेको उनले बताए ।



आफूहरु समुदायमा जाँदा कांग्रेसले गरेको काम भनेर जनतालाई बताउने विषय नभएको उनले बताए । उनले भने, ‘कांग्रेसले देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति नल्याएसम्म र अहिलेकै अवस्थामा कम्तीमा म कांग्रेस नेतृत्व र मन्त्रीहरूलाई डिफेन्स गर्न सक्दिनँ ।’
 
सरकारले काम पनि नगर्ने, आफ्नो पालो आउँदा समर्थन पनि प्राप्त हुँदैन कि भन्ने डरले केही पनि नगरको भन्दै उनले यस्तै हो भने ८४ को निर्वाचनमा कांग्रेस पत्तासाफ हुने बताए । 





  • प्रकाशित मिति : पुस १४, २०८० शनिबार २१:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया