logo-img

एकिदवसीय क्रिकेटबाट संन्यास लिने डेविड वार्नरको घोषणा

अस्ट्रेलियाका स्टार ब्याटर तथा दुईपटकका विश्वकप विजेता सदस्य डेविड वार्नरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।

अस्ट्रेलियाले भारतलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको दुई महिनापछि वार्नरले यस फरम्याटबाट संन्यास लिने घोषणा गरेका हुन् । 

विश्वकप २०२३ मा उनले २ शतकको मद्दतमा ४ सय ९४ रन बनाए । अस्ट्रेलियाले छैटौँपटक एकदिवसीय विश्वकप उपाधि जित्नमा वार्नरको पनि महत्वपूर्ण भूमिका रह्यो ।

उनले आफ्नो क्रिकेट करियरमा १ सय ६१ ओडिआई खेलमा २२ शतक र ३३ अर्धशतकको सहयोगमा ६ हजार ९ सय ३२ रन बनाए ।

 वार्नरले टेस्ट क्रिकेटबाट पनि संन्यास घोषणा गरिसकेका छन् । उनले पाकिस्तानसँगको टेस्ट सिरिजको तेस्रो खेललगत्तै यस ढाँचाबाट पनि संन्यास लिनेछन् ।

पाकिस्तान र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट खेल बुधबारदेखि सुरु हुनेछ ।     





  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार ८:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया