logo-img

कोशी प्रदेश प्रधानमन्त्री कपको फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने

कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै कोशी फाइनलमा प्रवेश गरेको हो ।

क्वालिफायरमा सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍याे ।

उसका लागि काजल श्रेष्ठले अविजित ३८, रुविना क्षेत्रीले ३७ र अप्सरी बेगमले अविजित १२ रन बनाए । सुदूरपश्चिमका लागि लक्ष्मी साउँदले मात्र एक विकेट लिन सकिन् ।  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ८८ रन बनायो । उसका लागि सम्झना खड्काले २५, विन्दु रावलले १७ र कविता जोशीले १५ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंक पनि जोड्न सकेनन् ।

कोशीका लागि संगीता राईले दुई, शवनम राई, निशा शाह र अलिसा खडियाले एक/एक विकेट लिए । कोशीले अब उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 



ऊ पहिलो क्वालिफायरमा कोशीलाई नै हराउँदै फाइनलमा पुगेको थियो । एपिएफ र कोशीबीचको फाइनल खेल बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।



  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १३:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया