logo-img

जापान भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो

जापानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ । सोमबार साँझ जापानमा ७.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।

इशिखावा प्रिफेक्चरको सुजु सहरमा २० जना, वाजिमा सहरमा १९ जना, नानाओ सहरमा ५ जना, अनामिजु सहरमा २ जना, हाकुई सहर र सिगा सहरमा १–१ जना गरी ४८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

इसिखावा प्रिफेक्चरमा आज बिहान पनि ५.६ म्याग्नेच्युटको अर्को भूकम्प गएको थियो । भुकम्प, आगलागी र सुनामीका कारण घाइते भएकाहरुको उद्धार र उपचार भइरहेकाले घाइतेको संख्या यकिन भएको छैन ।

भूकम्पका कारण बन्द भएका द्रूत गतिका रेल सेवा भने आजबाट सञ्चालनमा आएका छन् । 





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार २१:२९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया