logo-img

कोशीलाई ११ रनले हराउँदै एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपिएफले जितेको छ । बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपिएफले उपाधि जितेको हो ।

एपिएफले अपराजित रहँदै उपाधि जितेको हो । कोशी भने यसपटक उपाधि जित्न वञ्चित भयो ।

फाइनलमा एपिएफले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान रुबिना क्षेत्रीले ५८ बलमा ७ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६२ रन बनाइन् । 

यस्तै, काजल श्रेष्ठले २२ रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । एपिएफका लागि सीता राना मगर र करुणा भण्डारीले एक/एक विकेट लिए । 



त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायो । 

उसका लागि इन्दु वर्माले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५३ रन बनाइन् । यस्तै, ज्योति पाण्डेले २७, रोमा थापाले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा कोशी प्रदेशकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । 



उनले अन्तिम ओभरमा सोनु खड्का, नेरी थापा र इन्दु वर्मालाई आउट गर्दै ह्याट्रिक पूरा गरिन् । अलिसा खादियाले दुई, रुबिना क्षेत्री र निशा साहले एक/एक विकेट हात पारे ।

  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १३:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया