logo-img

बिहान खाजा नखाँदा स्वास्थ्यमा कस्ता समस्या देखिन सक्छन् ?

बिहानको खाजा दिनको पहिलो आहार हो । एउटा भनाइ नै छ, ‘बिहानको खाजा राजाको जस्तो खानुपर्छ’ अर्थात्  पौष्टिक तत्वहरूले भरिपूर्ण खानुपर्छ । 

दिनको सुरुवात गर्नको लागि, शरीरलाई ऊर्जा चाहिन्छ, जुन पौष्टिक स्वस्थ नास्ताबाट मात्र प्राप्त गर्न सकिन्छ । यद्यपि, मानिसहरू प्रायः दिनको सबैभन्दा महत्वपूर्ण आहारलाई वेवास्ता गर्छन् । 

१२ घण्टाभन्दा बढीको अन्तरालपछि पहिलो खाना खाँदा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । बिहानको खाजा नखाँदा धेरै साइड इफेक्ट हुन सक्छन् । त्यसैले, बिहानको खाजा महत्वपूर्ण हुन्छ ।

बिहानको खाजा नखाँदा विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छन् । तीमध्ये केही स्वास्थ्य समस्या यहाँ उल्लेख गरिएको छ : 

तौल बढ्ने

जब तपाईँ लामो समयसम्म भोको बस्नुहुन्छ । शरीर उच्च क्यालोरी खानाको लागि इच्छुक हुन्छ । त्यसपछि, आफ्नो भोक कम गर्न मीठो र चिल्लो खाना खानुहुन्छ । यसले तौल बढाउने काम गर्छ ।



प्रतिरक्षा प्रणाली कम हुन्छ

बिहानको खाजामा शरीरको प्रतिरक्षा प्रणालीलाई जगाउन, ब्याक्टेरिया र भाइरससँग लड्न आवश्यक पोषक तत्त्वहरू हुन्छन् । बिहानको खाजा नखाँदा तपाईँको प्रतिरक्षा प्रणालीले राम्रोसँग काम गर्न सक्दैन, जसका कारण तपाईँ रोगको सिकार बन्नुहुनेछ ।



मधुमेहको जोखिम

बिहानको खाजा खानुहुन्न र लामो समयपछि खानुहुन्छ भने रगतमा चिनीको स्तर अचानक बढ्छ जसले शरीरलाई ऊर्जा प्रदान गर्दछ । यस प्रक्रियामा, मानिसहरू टाइप २ मधुमेह विकासको उच्च जोखिममा हुन्छ । 

पाचन प्रणालीमा असर

हाम्रो शरीरलाई बिहान काम गर्न ऊर्जा चाहिन्छ । जब, तपाईँ दिनको पहिलो आहार छोड्नुहुन्छ, यसले पाचन प्रक्रियालाई बाधा पुर्‍याउँछ र प्रक्रियालाई सुस्त बनाउँछ । –एजेन्सीको सहयोगमा 

  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार ८:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया