logo-img

एथ्लेटिको मड्रिडविरुद्ध जिरोनाको रोमाञ्चक जित

स्पेनिस ला लिगा फुटबलमा जिरोनाले एथ्लेटिको मड्रिडमाथि ४–३ को नाटकीय जित निकालेको छ । जितसँगै जिरोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग अंक बराबरी गर्दै दोस्रो स्थानमा यथावत रहेको छ ।

दुवै टिमको समान ४८ अंक रहेको छ । पराजित भएको एथ्लेटिको मड्रिड भने ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

बुधबार राति जिरोनाले एथ्लेटिको मड्रिडमाथि सुरुदेखि नै दबाब बनाएको थियो । वालेरी फर्नान्डिजले दोस्रो मिनेटमा गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एथ्लेटिको मड्रिडले खेल बराबरी गरेको थियो । २६ औं मिनेटमा साभियो मुरेराले गोल गर्दै जिरोनलाई २–१ ले अघि बढाएका थिए । ३९ औं मिनेटमा डेली ब्लाइन्डले गोल गरेपछि ३–१ को अवस्थामा पुगेको थियो ।

४४ औं मिनेटमा एथ्लेटिको मड्रिडका लागि अल्भारो मोराटाले गोल गर्दै अन्तर ३–२ मा ल्याएका थिए ।



५४ औं मिनेटमा मोराटाले ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा आएको थियो । तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा इभान मार्टिनले गोल गरेपछि जिरोना ४–३ को जित निकाल्न सफल भयो ।
 



  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १०:२६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया