logo-img

जानकी मन्दिरबाट कोसेली लिएर टोली लाग्यो अयोध्यातर्फ [तस्बिरहरू]

धनुषाको जानकी मन्दिरबाट भारतको अयोध्याका लागि भार (कोसेली)सहितको टोली प्रस्थान गरेको छ । अयोध्यामा नवनिर्मित प्राण प्रतिष्ठाका लागि कोसेली बोकेर टोली त्यता गएको हो । 

बाजागाजासहित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको नेतृत्वमा भारसहित २५१ जनाको टोली अयोध्याको राम मन्दिरका लागि बिहीबार प्रस्थान गरेका हुन् । भार निस्किनु अघि जानकी मन्दिर प्राङ्गणमा सर्वसाधारणका लागि अवलोकन गर्न राखिएको थियो । मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । 

सो क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायतले खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए । 

भारसहितको टोली जलेश्वर हुँदै सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढिमाई र विरगञ्जमा पुगेर रात्री विश्राम गर्ने र भोलि(शुक्रबार) पुनः विरगञ्जबाट रक्सौल नाका हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने जनाइएको छ ।

अयोध्यामा रात्री विश्राम गरी शनिबार बिहान सम्पूर्ण भार राम जन्मभूमी ट्रष्टलाई हस्तान्तरण गरी मन्दिर दर्शन गर्ने जानकी मन्दिरका छोटे महन्थ राम रोसन दासले जनाएका छन् ।



 



  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार ११:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया