logo-img

प्राकृतिक चिकित्साअनुसार कस्तो जीवनशैली अपनाउने ? यस्ता छन् चिकित्सकका सुझाव

हिजोआज भविष्य सुरक्षित र राम्रो बनाउनुपर्छ भनेर भागदौडपूर्ण जीवन बिताइरहेका छौँ । जीवन सहज बनाउने दौडमा हामीले हाम्रो जीवनशैली नै अस्तव्यस्त बनाइरहेका छौँ ।

हिजोआज प्रायःको दैनिकी अस्तव्यस्त, खाने, उठ्ने, सुत्ने, काम गर्ने, आराम गर्ने, व्यायाम गर्ने समयको टुङ्गो नभई बित्छ । यही अस्तव्यस्त जीवनशैलीका कारण अहिले संसारमा विभिन्न रोगहरू देखा पर्ने गरेका छन् । जुन एक पटक उत्पन्न भएपछि कहिल्यै निको नहुने गरी मानिसको स्वास्थ्यलाई कब्जा गर्छन् । 

रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाच्नका लागि समेत प्राकृतिक चिकित्सा उपयोगी हुन्छ । प्राकृतिक रूपमै बलियो, निरोगी, तन्दुरुस्त हुनु पहिलो सर्त हो । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन नै सर्वोत्तम उपाय हो । त्यसैले प्राकृतिक चिकित्साअनुसारको जीवनशैली नै उत्तम जीवन हो । प्राकृतिक चिकित्साअनुसारको जीवनशैली अपनाउन निम्न कुरामा ध्यान दिन प्राकृतिक चिकित्सक डा. पुकार लोहनी सुझाव दिन्छन् । 

बिहान सूर्योदय अघि नै उठी उषापान (मनतातो पानी सेवन) गर्ने र उषापान गर्दा गिलासमा पानी राखी मुख कुल्ला नगरी बसेर बिस्तारै पानी पिउने र शौच जानुपर्छ 

दैनिक समयमै उठ्ने

बिहानको समय शारीरिक व्यायामको लागि छुट्याउने र करिब आधा घण्टा दैनिक व्यायाम गर्ने



गुलियो पेय पदार्थको सेवन घटाउने । पानीको मात्रा बढाउने, चिल्लो रहित दूध पिउने तर गुलिया खालका सोडा अथवा अन्य पेय पदार्थ नपिउने

दैनिक खाने खानामा पौष्टिक तत्त्वले भरिपूर्ण हुनुपर्छ



– फलफूल र तरकारी अन्नको तुलनामा बढी खाने । एक दिनमा कम्तीमा ५ पटक फलफूल वा हरियो सागपातयुक्त तरकारी खानुपर्छ । विभिन्न रङ्गहरूयुक्त फलफूल र तरकारीले बलियो र स्वस्थ बनाउँछ 

उपयुक्त र पर्याप्त निदाउनुपर्छ

खराब आदत र कुलत त्याग्नुपर्छ

  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार ७:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया