जयशंकरले गरे पशुपतिमा पूजा र वृक्षारोपण

दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा.एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीबार काठमाडौं आइपुगेकै दिन उच्चस्तरीय  भेटवार्ता गरेका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगैरुद्राक्षको वृक्षारोपण समेत गरेका छन् ।  

शुक्रबार नै नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको छ । नेपालका मन्त्रीहरू तथा भारतका विदेश मन्त्री यसशंकरको उपस्थितिमा दीर्घकालीन विद्युत् व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन,नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएका छन् । 

त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौँ किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमति समेत भएको छ ।  जयशंकर नेपाल भ्रमण सकेर आजै दिउँसो फर्किने कार्यक्रम रहेको छ । 





  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार १०:१७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया