logo-img

नियमित प्याज खाँदा शरीरलाई हुन्छ फाइदै फाइदा

प्याज एक महत्त्वपूर्ण मसला बाली हो । प्याजको पात र गानो दुवैलाई तरकारीको रूपमा प्रयोग गरिन्छ । प्याजमा प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिनलगायतमा तत्त्वहरू पाइन्छन् ।

प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् । तर, प्याज खाएपछि केही बेर गन्ध आए पनि निकै हितकारी खाद्यपदार्थ हो । प्याजमा निकै लाभदायक तत्त्वहरू पाइनुका साथै यसमा औषधीय गुण समेत पाइन्छ । प्याजमा भिटामिन बी, सी र फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । 

मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिल नियमित प्याज खानुका फाइदाबारे भन्छन्- 

पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ,
हड्डीलाई मजबुत बनाउँछ, 
विभिन्न भाइरससँग लडेर शरीरलाई सङ्क्रमणबाट बच्न मद्दत गर्छ, 
मुटु रोग लाग्नबाट बचाउँछ,
रक्तचाप, कोलेस्ट्रोल र सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

(मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको सामाजिक सञ्जालबाट साभार) 
 





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार ७:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया