logo-img

सहकारीको बचत दुरुपयोग गर्नेलाई कानुनको कठघरामा ल्याएरै छोड्छौँ : मन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा बोल्दै मन्त्री डा. महतले बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरू एक क्षणका लागि कानुनको दायराबाट भागे पनि सधैँ भाग्न नसक्ने बताएका हुन् ।

‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरू एक क्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैँ भाग्न सक्दैन ।’, उनले भने, ‘सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरू कानुनको कठघरामा अवश्य आउँछन् । मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट छैन ।’

निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिता बिना देशको आर्थिक र सामाजिक रूपान्तरण सम्भव नभएको अर्थमन्त्री महतको भनाई थियो । 

स्थानीयले मेहनत गरेर कमाएको बचतले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दैँ उनले भने, ‘स्थानीयले मेहनत गरेर कमाएको बचत सहकारीमा जम्मा भएको हुन्छ, त्यसले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । त्यस कारण सहकारीलाई हामीले प्रवर्द्धन, व्यवस्थापन र नियमन गरियो भने नेपालको आर्थिक रूपान्तरणको हतियार बन्छ । नियमनको अभावमा समस्या आए, तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था उदाहरण बनेको छ, देशैभरि सहकारी यसरी नै उदाहरण बनेर काम गर्नुपर्ने पर्छ ।’

महतले बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियामक निकाय गठनको कुरा गरेको बताउँदै वित्तीय संस्था, माइक्रो फाइनान्स र बैंकभन्दा बाहिर जान सक्ने हाम्रो अवस्था नभएपछि वैकल्पिक नियामक निकाय गठनको तयारीमा सरकार गइरहेको उल्लेख गरे । 
 





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार १०:३५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया