आर्सनललाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा

आर्सनललाई २–० गोल अन्तरले हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । 

तेस्रो चरणको खेलअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलको जितमा  जाकुब किविओर र लुईस डियाजले गोल गरे । 

खेलको सुरुवातमा पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठूलो मूल्य चुकाउनु पर्‍यो । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार पोस्टमा लागेको थियो भने रिस नेल्सनले काई हाभर्टजले पनि गोलको अवसर गुमाएका थिए । 

खेलको ८० औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर आर्नोल्डको फ्रिकिकलाई जाकुब किविओरले आफ्नै पोस्टको जाली चुमाएपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो । इन्जुरी समयमा डिओगो जोटाको पासमा लुइस डियाजले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।






  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार ७:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया