logo-img

गर्भावस्थामा कस्तो खानपान गर्ने ? यस्ता छन् डा. कीर्तिपालका सुझाव
फाइल तस्बिर

गर्भावस्था आफैंमा एक संवेदनशील अवस्था हो । यसबेला गर्भवतीमा केही शारीरिक र मानसिक परिवर्तन हुन्छन् । त्यसैले गर्भावस्थामा महिलाले धेरै नै ख्याल गर्नुपर्छ ।

गर्भावस्थाको पहिलो चरणमा अधिकांश महिलामा हुने समस्या भनेको वाकवाक लाग्ने, खान मन नलाग्ने, छिनछिनमा पिसाब लाग्ने र पिसाबमा इन्फेक्सन हुने हुन्छ । दोस्रो अवस्थामा गाउँतिरका महिलामा रगतको मात्रा कम हुँदा गर्भवती हुने बेला जुकाको औषधि नखानाले पनि धेरै समस्या हुन्छ । 

गर्भवतीको हर्मोनमा परिवर्तन भइरहने हुनाले रिसाउने, दिक्क लाग्ने, अति खुसी लाग्ने हुनसक्छ । असुरक्षाको महसुस पनि हुन्छ । गर्भावस्थाको अन्तिमतिर कसैलाई उच्च रक्तचाप र मधुमेह हुने सम्भावना हुन्छ । गर्भावस्थामा देखिने स्वास्थ्य समस्याबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्छ :

– गर्भावस्थामा गर्भवतीले सकेसम्म बाहिरको खाना नखानु उत्तम हुन्छ । जंकफुड, तारे, भुटेका खानेकुरा सम्भव भएसम्म नखाने ।

– गर्भावस्थामा  घरमै बनाएका ताजा खाना खाने, ताजा तरकारी, फलफूल धेरै मात्रामा खानुपर्छ । 

– दैनिकरूपमा खाने खानेकुरामा धेरै प्रोटिन भएका गेडागुडीको रस खानुपर्छ । दिनमा ३–४ लिटर पानी पिउनुपर्छ, 



– प्रति घण्टा १ गिलासको आधारले पानी पिउनुपर्छ ।

– खाना चार घण्टाको फरकमा खाना खानुपर्छ । खानामा चिनी, भात र आलु कम खानुपर्छ ।



– गर्भावस्थामा मौसमअनुसारका फलफूल र तरकारी प्रशस्त मात्रामा खानुपर्छ । माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुराको साथै दूध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पनि पर्याप्त खानुपर्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीसँगको कुराकानीमा आधारित) 

  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार ८:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया