फ्रान्सकी प्रधानमन्त्रीले दिइन् राजीनामा

फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री बोर्नको राजीनामा केही विदेशी नागरिकलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानुन राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको थियो ।

म्याक्रोन राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि मे २०२२ मा बोर्नलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनी फ्रान्सको दोस्रो महिला प्रधानमन्त्री थिइन् । 

राष्ट्रपति म्याक्रोनको कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म बोर्नले कामचलाउ सरकारको रूपमा काम गर्न भनिएको छ ।
 





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार ९:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया