क्यानलाई पत्र लेख्दै सन्दीपले भने : न्याय नपाउँदासम्म राष्ट्रिय टिमबाट अलग हुन्छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ ‘क्यान’लाई पत्र लेख्दै राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका छन् । 

बलात्कार मुद्दामा दोषी ठहर भएपछि राष्ट्रिय लामिछानेले अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गर्दै आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन् ।  

आफू निर्दोष रहेको जिकिर गर्दै उनले अब न्याय नपाउँदा सम्म राष्ट्रिय टिमबाट अलग रहने बताएका हुन् । आफू जिन्दगीकै कठिन समयबाट गुज्रिरहेको भन्दै उनले क्यानलाई दुई पेज लामो पत्र लेखेका हुन् ।  

क्यानले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  क्रिकेटबाट अलग भएको जनाउँदै उनले आफू आर्थिकरूपमा समेत कमजोर अवस्थामा रहेको भन्दै आफ्नो भुक्तानी समेत गर्दिनका लागि क्यानसँग आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार २१:५१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया