logo-img

युक्रेनलाई सहयोग गर्न पश्चिमीको हिचकिचाहटले पुटिनलाई सहयोग गर्छ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभलाई पश्चिमी सहयोगमा ढिलाइ हुँदा क्रेमलिनलाई हौसला प्रदान भइरहेको बताएका छन् ।

जेलेन्स्कीले किएभको सबैभन्दा कट्टर सहयोगीमध्येको एक लिथुआनियाको राजधानी भिल्निअसको अचानकको भ्रमणका क्रममा उक्त कुरा बताएका हुन् । 

‘उहाँ (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) रोकिनु हुन्न, उहाँ हामीमाथि सम्पूर्णरूपमा कब्जा गर्न चाहनुहुन्छ’, आफ्ना लिथुआनियाली समकक्षी गितानास नौसेदासँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘कहिलेकाहीँ युक्रेनलाई वित्तीय तथा सैन्य सहयोगका सम्बन्धमा साझेदारहरूको असुरक्षाले केवल रुसको साहस र शक्तिलाई बढाउँछ ।’

अन्य पश्चिमी मुलुकहरूले युक्रेनलाई निरन्तर समर्थन दिन हिचकिचाइरहेका बेला उनले यस्तो बताएका हुन् । जेलेन्स्कीले सहयोगी मुलुकहरू पुटिनलाई रोक्नका लागि एकजुट नभएसम्म पुटिन युक्रेनमा नरोकिने बरु अन्य छिमेकी मुलुकमा हमला गर्ने चेतावनी दिए ।

युक्रेनले रुसको नयाँ सिराबाट हवाई हमलाको सामना गर्नुपरिरहेको बेला उनको यस्तो टिप्पणी आएको हो । किएभलाई थप समर्थन दिन आग्रह गरिएको छ जसमा आधुनिक हवाई रक्षा प्रणालीहरूको अत्यन्त कमी देखिन्छ । 

राष्ट्रपति जेलेन्स्कीले भने, ‘हालका दिनमा रुसले युक्रेनमाथि कूल पाँच सय उपकरणले हमला गरेको छ, हामीले तीमध्ये ७० प्रतिशत नष्ट गरेका छौँ, हामीसँग अभाव भएको भनेको हवाई रक्षा प्रणाली हो ।’ 



अन्य पश्चिमी समर्थकहरूको ढुलमुले समर्थनलाई बलियो गर्न खोजिरहेको बेला जेलेन्स्कीको लिथुआनिया भ्रमण भएको हो । पूर्वसोभियत सङ्घका तीन गणराज्यमध्ये यस वर्षको जेलेन्स्कीको पहिलो आधिकारिक विदेश भ्रमण हो । तीनै मुलुक अहिले नेटोका सदस्य छन् । 



  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ७:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया