logo-img

खानामा बढी नुनको सेवनले निम्त्याउँछ यस्ता स्वास्थ्य समस्या

खानामा प्रयोग हुने विभिन्न सामग्रीमध्ये  एक हो, नुन । नुनबिनाको दाल, तरकारी, अचारको खासै स्वाद हुँदैन । नुनको मात्रा मिलाएर खाँदा स्वास्थ्यलाई फाइदाजनक हुन्छ । तर, त्यही नुनलाई अत्यधिक प्रयोग गर्दा भने स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छन् ।

कतिपय मानिस नुन कम भएको तरकारी खानै सक्दैनन् । भागमा थपी–थपी भए पनि नुन बढी खान्छन् । तर, नुन भन्ने चिज ठिक्क खानु पर्छ । हिजोआज विश्वभर धेरैजसो मानिस शरीरलाई आवश्यक पर्नेभन्दा धेरै नुन खाइरहेका छन् । यसको असर प्रत्यक्ष उनीहरूको स्वास्थ्यमा परिरहेको छ । 

धेरै नुन खानु प्राणघातक हुन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार अधिकांश मानिसहरू दैनिक रुपमा खानु पर्नेभन्दा दोब्बर धेरै नुन खाइरहेका छन् । यो निकै खतरनाक साबित हुन सक्ने डब्ल्यूएचओले जनाएको छ । 

धेरैजसो मानिसलाई आफूले खानु पर्नेभन्दा धेरै नुन खाइरहेको छु भन्ने नै हेक्का राख्दैनन् । तपाईँले पनि खानामा धेरै नुन त खाइरहनु भएको छैन ? छ भने आफ्नो बानी तत्काल परिवर्तन गर्नुहोस् । 

डब्ल्यूएचओको रिपोर्टका अनुसार वयस्कले दिनमा १० दशमलव ७८ ग्राम नुन खाइरहेका छन् । यो भनेको दुई चम्चा बराबर हो । यसमा ४ हजार ३१० मिलिग्राम सोडियम हुन्छ । यो चाँहि दैनिक आवश्यकताको करिब दुई गुणा धेरै हो । यो मात्रामा नुन खानु स्वास्थ्यको लागि निकै खतरनाक हुन्छ । 

धेरै मात्रामा नुन खाँदा मानिसमा प्राणघातक रोगको खतरा बढ्छ । डब्ल्यूएचओका अनुसार सबै वयस्कले दिनभरमा २ हजार मिलिग्राम सोडियम सेवन गर्नु पर्छ । एक चम्चा (५ ग्राम) नुनमा यति सोडियम पाइन्छ । अर्थात् तपाई वयस्क हुनुहुन्छ भने दिनभरमा एक चम्चाभन्दा धेरै नुन खानु हुन्न ।



नुन खाएर के हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर, यो उनीहरूको सबैभन्दा ठूलो भ्रम हो । शरीरमा आवश्यकताभन्दा धेरै सोडियम हानिकारक हुन्छ । नुन धेरै खाँदा तपाईँलाई उच्च रक्तचाप हुन्छ । यसका साथै मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक क्यान्सर, मोटोपना, किड्नीसम्बन्धी रोग, अस्टियोपोरोसिस जस्ता कयौँ गम्भीर रोग लाग्न सक्छ, यी रोगको खतरा बढ्न सक्छ । त्यसैले डब्लूएचओले शरीरलाई चाहिनेजति मात्र नुन खान सुझाइरहेको छ ।​

एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री 



  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ७:४८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया