कम्बोडियाले एक वर्षमा कृषि उत्पादन निर्यातबाट कमायो ४.३ बिलियन अमेरिकी डलर

कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ बिलियन अमेरिकी डलरको कुल राजस्व कमाएको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ । 

दक्षिणपूर्वी एसियाली देशले गत वर्ष जनवरीदेखि डिसेम्बरको अवधिमा करिब ७५ देश र क्षेत्रहरूमा झन्डै ८४ लाख ५० हजार टन कृषि उत्पादन पठाएको प्रतिवेदनले जनाएको छ । 

निकासीका प्रमुख कृषि वस्तुहरूमा चामल, रबर, आँप, केरा, मरिच, काजू, मकै, पाम तेल लगायत पर्छन् । चीन, भियतनाम र थाइल्याण्ड कम्बोडियाका कृषि वस्तुका प्रमुख आयातकर्ता हुन् ।

इ–कमर्स प्लेटफर्म एग्रीबी (कम्बोडिया) का अध्यक्ष माक चामरोउनले चीन कम्बोडियन कृषि उत्पादनको प्रमुख क्रेता भएको बताए । कपडा निर्यात, पर्यटन, निर्माण र घरजग्गाको अतिरिक्त कम्बोडियाको आर्थिक वृद्धिलाई समर्थन गर्ने चार स्तम्भहरूमध्ये कृषि एक हो ।





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार १०:३०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया