क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहर गरी ८ वर्ष कैद सजाय तोकेपछि क्यानले उनलाई निलम्बन गरेको हो । 

सन्दीपलाई  बलात्कार आरोपमा दोषी ठहर गरी साजय निर्धारण भएको हुनाले आदालतको आदेशको आदेश मान्दै नेपाल क्रिकेट संघ क्यानले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेले यसअघि आफैले क्यानलाई पत्र लेख्दै राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरिसकेका थिए । 

बलात्कार मुद्दामा दोषी ठहर भएपछि लामिछानेले अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गर्दै आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका थिए । 

आफू निर्दोष रहेको जिकिर गर्दै उनले अब न्याय नपाउँदा सम्म राष्ट्रिय टिमबाट अलग रहने बताएका हुन् । 





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ११:६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया