logo-img

नेप्से ०.६२ अंकले घट्यो

सेयर बजार मापक नेप्से परिसूचक आज ०.६२ अंकले घटेको छ । ०.०३ प्रतिशतले घटेर नेप्से २०८८.९९ को विन्दुमा झरेको हो ।

बिहीबार दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७८ लाख लाख रुपैयाँको हाराहारीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज ३०७ कम्पनीको कारोबार भएकामा १२१ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ११७ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।



१३ मध्ये चार उपसमूहको मात्र समूहगत सूचक बढेको छ । ६ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो ।

नेपाल एसबीआई बैंक ऋणपत्रको सेयर मूल्य ९.६० प्रतिशतले घटेको छ । 





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार १६:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया