logo-img

ठगी गर्ने कन्सल्टेन्सीलाई कारबाही गर्छौँ : सचिव अधिकारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय कन्सल्टेन्सी(परामर्शदाता)हरूसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन् । 

शैक्षिक परामर्श व्यवसायी संघ नेपालको पहिलो साधारण सभामा उनले सरकार उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा रहेको जानकारी गराउँदै यसका लागि परामर्शदाताहरूसँग सल्लाह सुझाव लिँदै सहकार्य गर्न चाहेको बताएका हुन् । 

उनले भने, ‘कन्सल्टेन्सी भनेपछि मन्त्रालयको गेटबाट भित्र छिर्न नहुने भन्ने हुँदैन, हामी सहकार्य गर्न चाहन्छौँ । यतिबेला हामी उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा छौं । शैक्षिक परामर्शलाई कस्तो बनाउने, कानुनमा कुन रूपमा राख्ने भन्ने विषयमा तपाईहरूसँग सल्लाह गर्छौ ।’

कानुन निर्माणका क्रममा संघीय, प्रादेशिक र स्थानीय सरकारको भूमिकाका विषयमा पनि छलफल गर्नुपर्ने उनले बताए । उनले विद्यार्थीहरू राम्रो भविष्य र रोजगारीको लागि बाहिरिने गरेको भन्दै यसलाई रोक्नको लागि देशमा नै केही गर्न सकिन्छ भन्ने आशा र विश्वास दिलाउन आवश्यक भएको बताए  । 

यस्तै, उनले शैक्षिक परामर्शको नाममा ठग्ने संस्थाहरूलाई कारबाही गर्न र राम्रो संस्थालाई प्रोत्साहन गर्न कानुन निर्माण गर्ने पनि बताए । उनले भने, ‘बाहिर जाने विद्यार्थीहरूका लागि शैक्षिक परामर्श व्यवसायी संघको आवश्यकता पर्छ । तर ठगी गर्ने नियतले खोलिएको संस्थाहरूलाई भने कडाइका साथ कारबाही गर्नुपर्ने हुन्छ । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने, गलत गर्नेलाई कारबाही गर्ने गरी कानुन बनाउँदै छौँ ।’





  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार १४:५४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया