logo-img

इमाडोलमा इनारमा खसेकी महिलाको सकुशल उद्धार

ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । लुगा सुकाउने क्रममा इनारमा खसेकी २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको हाे । 

सशस्त्र प्रहरी बल नम्बर–२१ दक्षिणकाली गणबाट खटिएको टिमको विपद् व्यवस्थापन टोलीले उनको उद्धार गरेको हो । उद्धारमा नेपाल प्रहरी र नगर प्रहरीका सुरक्षाकर्मी पनि खटिएका थिए ।

प्रधान ३० फिट गहिरो इनारमा खसेकी थिइन् । दोलखा घर भएकी उनी लुगा सुकाउने क्रममा इनारको स्ल्याब भत्किएर स्ल्याबसँगै तल खसेकी थिइन् । 

उद्धारपछि उनलाई उपचारका लागि पाटन अस्पतालमा लगिएको छ । अहिले उनकाे उपचार भइरहेकाे छ । 





  • प्रकाशित मिति : माघ १, २०८० साेमबार १६:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया