आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको आवेदन
फाइल तस्बिर

नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारबाट आवेदन माग गरेकोमा १४ जनाले आवेदन बुझाएका छन् । 

मन्त्रालयका अनुसार आवेदन दिनेमा महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौंका उत्तरकुमार रेग्मी, दिलीप शेखर श्रेष्ठ, चितवनका डोलप्रसाद चापागाईं, काठमाडौंका सहदेव चन्द, पंकजकुमार दास, धनुषाका रामदेव यादव, सप्तरीका सञ्जीवकुमार देव, मोरङका माधव रेग्मी र आमोदप्रसाद चौधरी, गोरखाका चण्डिकाप्रसाद, दाङका बसन्तकुमार पाण्डे, बाग्लुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुधनप्रसाद पुडासैनी रहेका छन् ।

०७८ फागुनमा तीन बर्से कार्यकालका लागि नियुक्त भएका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत २६ मंसिरमा राजीनामा दिएपछि निगमको कार्यकारी निर्देशक पद रिक्त छ ।

थानीले कार्यकाल सकिन १५ महिना बाँकी हुँदै राजीनामा दिएका हुन् । मन्त्रालयले गएको ७ पुस मा २१ दिनभित्र आवेदन दिन भनेको थियो । आइतबारसम्म (पुस २९) सम्म १४ जनाको आवेदन परेको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । 

आवेदन दिएका उम्मेदवारबाट व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण, अन्तर्वार्ता हुन्छ । सोही विधिबाट तीनजना छनोट गरी मन्त्रिपरिषदमा पेस हुन्छ । तीमध्ये मन्त्रिपरिषद्ले एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार ९:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया