logo-img

एसियन कपमा जोर्डनले मलेसियालाई ४–० ले हरायो

एएफसी एसियन कप फुटबलमा जोर्डनले सानदार जित निकालेको छ । कतारमा जारी प्रतियोगितामा सोमबार राति भएको खेलमा जोर्डनले मलेसियाविरुद्ध ४–० को एकतर्फी जित निकालेको हो ।

जोर्डनका लागि महमूद नयेफ अहमद र मोउसा मुहम्मदले समान दुई/दुई गोल गरे । सुरुदेखि नै मलेसियाविरुद्ध हाबी भएको जोर्डनले १२ औं मिनेटमा गोलको खाता खोलेको थियो । त्यसपछि जोर्डनका महमूद नयेफले गोल गर्दै अग्रता दिलाएका थिए ।

मलेसियाका खेलाडीले गल्ती गर्दा पाएको पेनाल्टीमा जोर्डनका मोउसा मुहम्मदले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ३२ औं मिनेटमा महमूदले व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डन पहिलो हाफमै ३–० को सहज अवस्थामा पुगेको थियो ।

८५ औं मिनेटमा मोउसाले पनि व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डन ४–० को सहज जितका साथ प्रतियोगिता सुरुआत गरेको छ । समूह ‘ई’मा जोर्डन शीर्ष स्थानमा रहँदा दक्षिण कोरिया दोस्रो स्थानमा छ । बहराइन र मलेसिया भने क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 






  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार ९:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया